सम्धिनीलाई श्रद्धाञ्जलीपछि समिति बैठक
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ । समितिको सभापति बनेपछि ईश्वरीदेवी न्यौपानले पर्सि दिउँसो पहिलो बैठक बोलाएकी हुन् ।
संघीय निजामति सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको छेडखानीको ‘नैतिक जिम्मेवारी’ लिँदै समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि संसदीय सुनुवाई समितिको सभापति रहेकी न्यौपाने राज्य व्यवस्थामा पुगेकी हुन् । सभापति नियुक्तपछि सपथ लिएको भोलिपल्टै अपर्झट दाङ गएकी न्यौपाने गए राति काठमाडौँ फर्किसकेकी छन् ।
सम्धिनीको मृत्युपछि निर्धारित भेटघाट र कार्यक्रम रद्ध गरेर न्यौपाने एकाएक उता गएकी हुन् । जनआस्थासँगको कुराकानीमा सभापतिले भनिन्,‘मंगलबार बैठक बोलाएको छु, सभापतिले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी हुन दिन्नँ ।’
टिप्पणीहरू