एमालेद्वारा गोदावरीमा चुस्त सुरक्षाको माग
नेकपा एमालेले आगामी शुक्रबारदेखि हुने दोस्रो विधान महाधिवेशनस्थलमा आवश्यक सुरक्षा प्रबन्धका लागि अनुरोध गरेको छ । नेपाल प्रहरीलाई ‘सुरक्षा प्रबन्ध’बारे भन्दै लेखिएको पत्रमा महाधिवेशनस्थलसँगै अन्य आवश्यक स्थलमा पनि शान्ति सुरक्षाको निम्ति आग्रह गरिएको छ ।
पत्रमा लेखिएको छ, ‘नेकपा एमालेको दोस्रो विधान महाधिवेशन यही भाद्र २०–२२ सम्म ललितपुर गोदावरीस्थित सनराइज हलमा हुन गइरहेको छ । ७७ जिल्लाबाटै प्रतिनिधिहरुको उपस्थिति रहने सो कार्यक्रमस्थल लगायत अन्य आवश्यक स्थलमा शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाइ दिनुहुन अनुरोध छ ।’

टिप्पणीहरू