आइजीपी थापालाई हेडक्वाटरदेखि घरसम्म प्रहरीको स्कर्टिङ
नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दीपक थापा सेवा निवृत्त भएका छन् । आज हेडक्वार्टरमा विशेष समारोहबीच उनको बिदाई गरिएको छ ।
एआइजी सुदीप गिरी र टेकबहादुर तामाङ पनि आजैदेखि अनिवार्य अवकाशमा गएका छन् । आईजिपी र एआईजीहरुलाई गृहमन्त्री रमेश लेखकले सफल कार्यकाल पूरा गरेकोमा बधाई दिदै आगामी जीवनको लागि शुभकामना दिएका थिए ।
बिदाइ समारोहपछि प्रहरीले तीनै जनालाई हेडक्वार्टरदेखि स्कर्टिङ गरी निजी निवाससम्म पुर्याएको थियो । कार्यक्रममा गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, गुप्तचर प्रमुख हुतराज थापालगायतको उपस्थिति थियो ।
अवकाशप्राप्त तीनै जना २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् ।
टिप्पणीहरू