दुग्ध किसानहरुलाई अर्को आश्वासन
आगामी कात्तिक मसान्तभित्र बक्यौता रकम भुक्तानी गर्ने सहमतिपछि दूग्ध किसानको जारी आन्दोलन स्थगित भएको छ । सरकार र आन्दोलनरत पक्षबीच भएको वार्तापछि यस्तो सहमति भएको छ ।
बक्यौता रकमको तत्काल भुक्तानी माग गर्दै गत आइतबारदेखि दुग्ध किसानहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूले लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) कार्यालयसमेत घेराउ गरेका थिए ।
तोकिएको दुधको न्यूनतम खरिद मूल्य नपाएको भन्दै किसानले आन्दोलन थालेका थिए । तर आज सरकारसँग भएको वार्तापछि कात्तिक मसान्तभित्र बाँकी रकम उपलब्ध गराउने सहमति भएको छ । साथै, देशभरका दुग्ध उद्योगले किसानलाई न्यूनतम खरिद मूल्य अनिवार्य रूपमा दिने पनि सहमति भएको बताइएको छ ।
टिप्पणीहरू