स्थानीय तहको सुशासन : कृषिमा अवैध कर, इन्धनमा ६० लाख
सिन्धुलीको तीनपाटन गाउँपालिकाले निकासी करको नाममा असुलेको अवैध कृषि करको प्रयोग इन्धनलगायत विलासितामा गरेको छ । कानुनअनुसार पालिकाले जडीबुटी, कबाडी र जीवजन्तुमा मात्र कर लगाउने व्यवस्था भए पनि हाल कृषिजन्य वस्तुमा समेत कर उठाउन थालेपछि कृषकहरु मारमा परेका हुन् ।
अर्कोतर्फ डिजेल–पेट्रोलमा मात्र वार्षिक ६० लाखभन्दा बढी खर्च गर्न थालेको पालिकाले किसानका उत्पादनमा भने कर असुल्न थालेको छ । किसानलाई ५ किलो मलसमेत उपलब्ध गराउन नसक्ने स्थानीय तहले किसानकै पौरखले उत्पादित तरकारीमा कर असुलेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् ।

टिप्पणीहरू