फेसबुक बन्दका नाममा उग्रता मच्चाउन दुर्गा प्रसाईं आतुर

फेसबुक बन्दका नाममा उग्रता मच्चाउन दुर्गा प्रसाईं आतुर

राजावादी आन्दोलनको ‘जन कमाण्डर’ बनेर तीनकुने र बानेश्वरमा विध्वंस मच्चाएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि आन्दोलनको तयारीमा जुटेका छन् । तीनकुने प्रकरणमा केही महिना जेल र हिरासत बसेर एक महिनाअघि थुनामुक्त भएका उनी अब अर्कैखाले आन्दोलनको रणनीतिमा लागेको बताइएको छ । 

जेलमा आफूलाई भेट्न नआएको भन्दै राजा र राजसंस्थाप्रति मोहभंग भएको बताउन थालेका प्रसाई भ्रष्टाचार र फेसबुकमाथिको प्रतिवन्धविरुद्धको नारा लिएर सडकमा ओर्लिने तयारीमा रहेको बुझिन्छ ।  

गत चैत १५ गते प्रसाईं नेतृत्वको 'राष्ट्र बचाऊ महाभियान' ले गरेको आन्दोलनमा २ जनाको ज्यान जानुका साथै करोडौँको भौतिक सम्पत्ति क्षति भएको थियो । उक्त हिंसात्मक प्रदर्शनपछि भागेर भारत पुगेका र उतैबाट पक्राउ गरी नेपाल ल्याइएका प्रसाईविरुद्ध पाँचवटा कसूरमा मुद्दा चलेको थियो । उनी साउन २० गते धरौटीमा रिहा भएका हुन् । 

त्यसयता युट्युबरलाई बोलाएर अन्तर्वार्ता दिनुबाहेक बाहिर खासै उग्र कुरा नगरेका उनी भित्रभित्र भने जेनजी पुस्ताले गर्न लागेको आन्दोलन हुँडल्ने रणनीतिमा रहेको उनकै अभियानमा आवद्ध एक जनाले खुलाएका छन् । प्रसाईको विगत हेर्दा पनि जे गर्दा भीड उरालिन्छ त्यही गर्दै आएको देखिन्छ । शुरुमा उनले तराई-मधेशबाट सहकारी पीडित महिलाई काठमाडौँ उतारेर 'ऋण मिनाहा अभियान' चलाएका थिए । त्यसबाट पार नलागेपछि राजा फर्काउनेतिर लागे । अब त्यता पनि भविश्य नदेखेपछि  जेनजी पुस्ताको नाममा सडकमा आगो बालेर स्वार्थको रोटी सेक्न उध्यत रहेको अनुमान गर्न सकिन्छ ।    

कुशासन र सामाजिक सञ्जालमाथिको प्रतिवन्धविरुद्ध जेनजी पुस्ताले भोलि देशैभर एकैसाथ आन्दोलनको घोषणा गरेको छ । संगठित रूपमा कुनै संस्थालाई आयोजक बनाएर नभई युवाहरू स्वत:फुर्त सडकमा आउन लागेका हुन् । सामाजिक सञ्जाल टिकटकमा त्यससम्बन्धी सूचना भाइरल छ । 

इयूले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङमार्फत आन्दोलन चर्काउन खोजेको उनको दावी छ । साझा विवेकशीलको नाममा रविन्द्र मिश्रमार्फत शुरु भएको यो योजना रवि लामिछानेसम्म आइपुग्दा अपेक्षाकृत प्रभावकारी नभएपछि इयुको रोजाइमा कुलमान परेको प्रसाईले निकटहरुलाई सुनाएका छन् ।

बंगलादेश र श्रीलंका मोडलको आन्दोलन भन्दै टिकटकमा राखिएका यौटै भिडियोमा मिलियन भ्युज गएको छ । यो देखेर लोभिएका प्रसाई आन्दोलनको नेतृत्व आफूले गर्ने योजनामा छन् । आज दिउँसो धरानबाट अभियानका एक सदस्यसङ्ग उनले यसबारे टेलिफोन सल्लाह गरेको बताइएको छ । 

जेनजी पुस्ताका नामबाट हुन लागेको आन्दोलन युरोपियन युनियनले गराउन लागेको प्रसाईंको विश्लेषण छ । इयूले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङमार्फत आन्दोलन चर्काउन खोजेको उनको दावी छ । साझा विवेकशीलको नाममा रविन्द्र मिश्रमार्फत शुरु भएको यो योजना रवि लामिछानेसम्म आइपुग्दा अपेक्षाकृत प्रभावकारी नभएपछि इयुको रोजाइमा कुलमान परेको प्रसाईले निकटहरुलाई सुनाएका छन् । 

हाहा-हुहुमा दौडिए पनि प्रसाईंका कतिपय राजनीतिक विश्लेषण भने तथ्यपूर्ण देखिन्छ । जस्तो, गत वर्ष नै उनले एउटा सार्वजनिक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा फर्किने दावी गरेका थिए । त्यस्तै, एक हप्ता अगाडिमात्रै उनले फेसबुकलगायत सामाजिक सञ्जाल बन्दै हुँदैछ भनेका थिए । 

'रवि अप्ठेरो परेपछि अब कुलमानहरुलाई अघि बढाउन जेनजीको नाममा आन्दोलनको कुरा ल्याइएको हो । हामीले कुलमानलाई हिरो बन्न दिन हुँदैन', प्रसाईंको भनाइ अभियानका एक सदस्यले सुनाए, 'यसलाई मेरो नेतृत्वमा गर्ने भनेर हामीले टिकटकमा ब्यापक गर्नुपर्यो । अहिले बत्ती गएर मात्रै हो,आधा घण्टामा भाइरल बनाउँछु म ।'

यता, 'फ्रिडम अफ स्पीच' ब्याण्ड गरेर सूचनाको हकमाथि बन्देज लगाइएको भन्दै भोलि सडकमा आउने उद्घोष गरेका युवाहरुले काठमाडौँको माइतीघर मण्डलासहित देशका मुख्य शहरहरुमा प्रदर्शन गर्ने भनेका छन् । कुनै राजनीतिक बिचार,दल र नेताविरुद्ध नहुने भनिएको प्रदर्शनमा उत्तेजित नहुन, अमर्यादित नारा नलगाउन र तोडफोडमा नउत्रन सबैलाई सुचित गरिएको छ । 

तर,आफ्नो निहित राजनीतिक स्वार्थका लागि भीड जम्मा पार्दै आएका प्रसाईको योजनाले जेनजी आन्दोलनमा घुसपैठको खतरा देखिएको छ ।

टिप्पणीहरू