जेन–जीको आन्दोलनमा एक जनाको मृत्यु

जेन–जीको आन्दोलनमा एक जनाको मृत्यु

जेन–जीको राजधानीमा भएको आन्दोलनमा एक जनाको ज्यान गएको छ । प्रहरीको गोली लागेर घाइते भएका व्यक्तिलाई तत्काल सिभिल अस्पताल पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । मृत्यु भएकाको परिचय खुलेको छैन ।

आन्दोलनकै क्रममा घाइते भएका ८० जना भन्दा बढी प्रदर्शनकारी अहिले उक्त अस्पतालमा उपचाररत छन् । त्यस्तै, प्रहरीको रबर गोली लागेर तीन पत्रकार समेत घाइते भएका छन् । उनीहरुको समेत सोही अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई ट्रमा सेन्टर पुर्याइएको भनिएको छ । 

उता झापामा पनि प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् । जेन जी युवाहरुले दमकमा आयोजना गरेको प्रदर्शनको क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर प्रकाश भट्टराई घाइते भएका हुन् । अहिले त्यहाँको वातावरण पनि तनावपूर्ण रहेको बुझिएको छ ।

आज देशका मुख्य शहरहरुमा जेनजी युवाहरुले प्रदर्शन गरेका छन् ।

टिप्पणीहरू