यातायात कार्यालयको स्कोरपियो जलाइयो, अर्का एक जनालाई गोली

यातायात कार्यालयको स्कोरपियो जलाइयो, अर्का एक जनालाई गोली

जेन–जी समूहको प्रदर्शनकारीहरुले आगजनी गरेका छन् । उनीहरुले नयाँ बानेश्वर, मीनभवनस्थित यातायात कार्यालयको स्कोरपियोमा आगो लगाएका हुन् ।

उनीहरुले दिउँसो संसद भवनको पश्चिम गेट नजिकै पनि आगो लगाएका थिए । जेन जीहरूको प्रदर्शनका क्रममा रबरको गोली लागेका एक जनाको ज्यान गएको छ । उपचारार्थ अर्का एक जनाको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ । 

सरकारले संसद भवन क्षेत्र, सिंहदरबार, शीतल निवास, नारायणहिटी, उपराष्ट्रपतिको निवास वरपर कर्फ्यु लगाएको छ ।

टिप्पणीहरू