बानेश्वरपछि बबरमहलमा तोडफोड

बानेश्वरपछि बबरमहलमा तोडफोड

नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन गरिरहेका जेन जी युवाहरू बबरमहलतर्फ लागेका छन्। उनीहरूले त्यहाँस्थित सरकारी कार्यालयमा तोडफोड गरेका हुन् । सडक नजिकैको सडक विभागमा ढुंगा प्रहार गरिएको छ ।

भवनको सिसा फुटेको बताउँदै एक जनाले भने, ‘एकदमै आक्रामक भएर उनीहरू बबरमहलतर्फ आएका हुन् । सरकारी कार्यालयमा ढुंगा हिर्काइरहेका छन् । प्रदर्शनकारी भित्र छिर्ने डरले गार्डहरूले गेट बन्द गरिदिएका छन् ।’

यता, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कफ्र्यू जारी गरेपछि बिहान कार्यालय आएकाहरू अलपत्र परेका छन्। उनीहरूलाई घर फर्किन समस्या भएको छ। भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेन जीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा १५ जनाको ज्यान गइसकेको छ भने सयौंको संख्यामा घाइते भएका छन् । प्रशासनले कफ्र्यू लगाएपनि प्रदर्शन जारी छ।

टिप्पणीहरू