भैरहवा काँग्रेस पार्टी कार्यालयमा तोडफोड

भैरहवा काँग्रेस पार्टी कार्यालयमा तोडफोड

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएका जेन जी युवाहरुले रुपन्देहीको सिदार्थनगर नगरपालिका–५, भैरहवास्थित काँग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । झण्डै डेढ सय जना कार्यालय छिरेकोमा ढुंगामुढा प्रहार गरी झ्यालका सिसा फुटाइएको हो । त्यसैगरी, कार्यालयको परिसरमा पार्किङ गरिएका गाडीहरु पनि तोडफोड गरिएको छ । 

लुम्बिनी प्रदेश क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङ्गको बा।२० च ७९५२, जिल्ला कोषाध्यक्ष हरि अर्यालको बा।१७ च २२२७, सहसचिव विष्णु थापाको लुम्बिनी प्रदेश ००१ च ०८७२ र ठाकुरप्रसाद गुरौको लु। २ च ५४१८ नम्बरको गाडीमा क्षति पुगेको छ । उनीहरुले लु। ३३ प १७०७ नम्बरको स्कुटर र लु। २२ प ५१६२ नम्बरको मोटरसाइकल पनि तोडफोड गरेका छन् ।

टिप्पणीहरू