कसले हटायो सिडिओको फोटो ?
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजालको फोटो सरकारी वेबसाइटबाट एकाएक गायब भएको छ ।
जेन जी समूहको आन्दोलनको क्रममा प्रहरीलाई गोली चलाउन निर्देशन दिएको भन्दै प्रदर्शनकारीहरुले चर्को विरोधसँगै उनको फोटो हटेको छ । अपरान्ह केही सरकारी कार्यालयको वेबसाइट ह्याक भएको समाचार पनि बाहिरिएको थियो ।
रिजालको फोटो साँझ साढे ५ बजेसम्म जिप्रकाको आधिकारिक वेबसाइटमा भएको बताइन्छ । यसबारे जनआस्थाले बुझ्न खोज्दा सिडिओ कार्यालयका कोही पनि सम्पर्कमा आएनन् ।
टिप्पणीहरू