ललितपुरका धेरै प्रहरी चौकीमा आगजनी, प्रचण्ड निवासमा ढुंगामुढा
जेन जी पुस्ताको हिजोको आन्दोलनमा बर्बर दमनपछि डेढ दर्जन बढीले ज्यान गुमाएकोमा आक्रोशित समूहले प्रहरी चौकी र नेताहरुको निवासलाई आक्रमणको तारो बनाएका छन् । हरिसिद्धिको प्रहरी चौकी पूर्ण रुपमा जलाइएको छ ।
झण्डै तीन चार सय प्रदर्शनकारीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा ढुंगामुढा गरेका छन् । आन्दोलनकारीहरुले मंगलबजारको प्रहरी चौकीमा आक्रमण गरेपछि पुल्चोक चौकीमा गरेको बताइन्छ।
एउटा समूह सात दोबाटोस्थित प्रहरी चौकी आक्रमणको तयारी त्यता गएको बताइन्छ ।
टिप्पणीहरू