परराष्ट्रमन्त्री राणाको घर जल्यो, गृहमन्त्रीको घरमा आगो
जेन जीहरुको आन्दोलनमा भएको बर्बर दमनको विरोधमा प्रदर्शनकारीहरुले आज विभिन्न नेताहरुको घरलक्षित तोडफोड र आगजनी गरेका छन् । सोही क्रममा गृहमन्त्री रमेश लेखकको काठमाडौंको नैकापस्थित घरमा तोडफोड र आगजनी गरेका छन् ।
बानेश्वरको हिजोको नरसंहारपछि लेखकले हिजो साँझ पदबाट राजीनामा दिएका थिए । भ्रष्टाचारविरुद्धको अभियान भन्दै जेनजी युवाहरुले सुरु गरेको आन्दोलनको दोस्रो दिन युवाहरु थप आक्रमक भएका हुन् ।
उता धनगढीस्थित परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको निवास पनि जलाइएको छ ।
टिप्पणीहरू