जेलबाट निकालिए रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आन्दोलनरत युवाहरुले कारागारबाट छुटाएका छन् । उनीहरुले नख्खु पुगेर लामिछानेलाई बाहिर निकालेका हुन् ।
आन्दोलनकारीले बिहानैदेखि कारगारबाहिर तोडफोड र नाराबाजी गरिरहेका थिए । युवाहरुको संख्या ठूलो बन्दै गएपछि प्रहरीले सुरक्षा दिन नसक्ने जनाउँदै युवाहरुको जिम्मा लगाएको बताइएको छ ।
आन्दोलनकारीले लामिछानेलाई पत्नी निकिता पौडेललाई सुम्पिएर घर पठाएका छन् ।
टिप्पणीहरू