एमालेका अर्का नेताद्वारा राजीनामा प्रस्तुत
नेकपा (एमाले) का ललितपुर जिल्ला कमिटी सदस्य ध्रुवप्रसाद खनालले पद त्यागेका छन् । उनले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहनेगरी सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन् ।
पार्टी विधानको धारा ६५(४) बमोजिम प्रदेश कमिटीको अनुमतिमा जिल्ला कमिटी सदस्यमा मनोनयन गरिएका उनले वातावरण शान्त हुनेबित्तिकै लिखित राजीनामा पेश गर्ने बताएका छन् ।
फेसबुकमा लेखेका छन्,‘आज मिति २०८२ भदौ २५ गतेबाट नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीको सदस्य पदबाट राजीनामा दिएको घोषणा गर्दछु । मलाई पार्टीको कुनै पनि पदमा बस्न उचित लागेन । त्यसैले फेसबुकमार्फत राजीनामा पेश गरेको छु । शान्त वातावरण भएपश्चात कार्यालयमै गएर लिखित रुपमा पेश गर्नेछु । मलाई मनोनयन गरेको पत्रसमेत यसैसाथ संलग्न राखेको छु । धन्यवाद,जय देश, जय मातृभूमि ।’
‘जेन जी’ को आन्दोलनमा भएको दमनपछि एमाले छोड्नेहरुको लस्कर लागेको छ । एकपछि अर्को नेताले एमाले त्याग गरिरहेका छन् ।
टिप्पणीहरू