रविको फोटो टाँसेर लेखियो- ‘कैदी भागेकाे सूचना’
मंगलबारको विध्वंसात्मक प्रदर्शनको क्रममा नख्खु कारागारबाट फुत्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः पक्राउ गर्न माग भएको छ ।
'हामी नेपाल' समूहका युवाहरूको समूहले काठमाडौँको चोक-चोकमा लामिछानेको फोटोसहितको पोष्टर टाँस्दै उनलाई पक्रेर कारागार फर्काउन माग गरेका छन् । ‘कैदी भागेको सूचना’ भन्दै टाँसेको पोस्टरमा उनलाई ‘मस्ट वान्टेड क्रिमिनल’ भनिएको छ ।
जेन-जी आन्दोलनमा घुसपैठ गरी रास्वपाका कार्यकर्ताले लामिछानेलाई कारागारबाट निकालेका थिए । त्यसयता घरमै रहेका उनलाई भेटाउने जो कोहीले नजिकैको प्रहरी कार्यालयमा खबर गर्न सूचनामा अनुरोध गरिएको छ ।
लामिछाने नख्खु कारागारबाट निस्किएपछि देशभरका कारागारबाट झण्डै १५ हजार कैदी भागेका थिए । यद्यपि, हालसम्म १३ सयभन्दा बढी कैदी पुनः पक्राउ परिसकेका छन् । प्रहरीले भागेका कैदीहरुलाई तत्काल कारागार फर्किनका लागि सूचना जारी गरेकाे अवस्था छ ।
टिप्पणीहरू