च्यासलमा खरानी उठाउनेहरुले भने -‘फेरि उठ्नेछौँ’
ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । आज बिहान पार्टी कार्यालय सरसफाइका लागि पुगेका कार्यकर्ता तथा युवा संघका केही नेताहरुले नारा लगाएका थिए ।
प्रदर्शनकारीहरूले गत मंगलबार आगजनी गरेपछि पूर्णरूपमा ध्वस्त पार्टी कार्यालयको भग्नावशेष सफा गर्ने उद्देश्यसहित झण्डै पाँच दर्जन एमाले कार्यकर्ता बिहान पौने ९ बजेदेखि भेला भएर प्राङ्गणमा गोलबद्ध हुँदै नाराबाजि गरेका हुन् ।
कार्यकर्ताहरूले प्लेकार्ड बोकेर “नेकपा एमाले जिन्दावाद”, “संविधानको रक्षा गरौं”, “संवैधानिक सर्वोच्चता कायम गर”, “सरकारी सम्पत्तिको रक्षा गर” र “हामी फेरि उठ्नेछौँ” लगायत नारा लगाए । आगजनीले ध्वस्त कार्यालयको खरानी हातमा उठाउँदै उनीहरुले फेरि उठ्ने संकल्प गरेका छन् ।
टिप्पणीहरू