निगम काठमाडौं–ग्वाङ्झौ–काठमाडौं उडान थाल्दै
नेपाल वायुसेवा निगमले आगामी असोज ९ गतेदेखि काठमाडौंबाट चीनको ग्वाङझौमा उडान थाल्ने भएको छ । राष्ट्रिय ध्वजावाहक निगमले आगामी चार प्रवद्र्धनात्मक उडानहरु गरेपछि नियमित रुपमा साताको तीन उडान गरिने जनाएको छ ।
निगमको पहिलो उडान असोज ९ गते त्यसपछि १२ गते, ३० गते, कात्तिक २ र ६ गतेको उडानपछि साप्ताहिक रुपमा तीन उडान गर्ने तालिका बनाएको छ । त्यसपछि प्रत्येक आइतबार, मंगलबार र शनिबार उडान हुने छ ।
दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी विमान रहेको निगमले विश्वका ११ शहरमा काठमाडौंलाई जोड्दै आएको छ । ग्वाङ्झौ उडानका लागि निगमले भाडादर एकतर्फी ३० हजार रुपैयाँ र दुईतर्फी ५० हजार रुपैयाँ तोकेको छ ।
टिप्पणीहरू