शीतल निवासमा धर्ना , बालुवाटारमा मूर्दावाद

शीतल निवासमा धर्ना , बालुवाटारमा मूर्दावाद

केपी ओली शर्मा नेतृत्वको सत्तापलट आफूले गराएको दावी गरेको हामी नेपाल समूह र त्यसका हर्ताकर्ता सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । शुक्रबार राति शीतल निवासमा आयोजित सपथ ग्रहण समारोहमा अंकमाल र साष्टाङ्ग दण्डवत गरेका सुदनले प्रधानमन्त्रीले पद बहाली गरेपछि राजीनामा मागेका हुन् ।

हिजो प्रधानमन्त्रीले साँझ तीन जना मन्त्री नियुक्ति प्रक्रिया अघि बढाएको खबर बाहिरिएपछि सुदनहरुको समूह प्रधानमन्त्रीको सरकारी निवास ३ नम्बर गेट बाहिर जम्मा भएर राति मूर्दावादको नारा लगाएको थियो । उनीहरुले आफूले भनेबमोजिम नगर्नेलाई भित्रबाट बाहिर ल्याएर घिसार्नेसम्मको चेतावनी दिएका थिए ।

प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृह तथा कानुनमन्त्री,पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ र नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्रीमा नियुक्त गरेको समाचार सार्वजनिक भएपछि उनीहरु त्यहाँ पुगेका थिए । सुदनको समूह मन्त्रीहरुको नियुक्ति आफूहरुसँगको सल्लाहबाट मात्रै गरिनुपर्ने मागमा अडिग देखिन्छ । 

नाराबाजीमा सामेल हामी नेपालका केहीले आफूहरुको आन्दोलन हाइज्याक भएको बताएका छन् । २३ गते आन्दोलनको क्रममा आफूहरु स्वयमसेवक मात्रै रहेको बताएका गुरुङले क्रमशः जेन जी समूहको आन्दोलनलाई आफू र आफ्नो संस्थाले स्वामित्व लिनेगरी घटनाक्रमलाई अघि बढाउँदै आएका छन्।

टिप्पणीहरू