पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

एजेन्सी । एसीसी पुरुष टी-२० एसिया कप-२०२५ मा भारतले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ७ विकेटले हराएको हो । 

जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.५ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । भारतको लागि कप्तान सूर्यकुमार यादवले नटआउट रहँदै सर्वाधिक ४७ रन बनाए । यस्तै अभिशेष शर्मा र तिलक वर्माले समान ३१/३१ रन बनाउँदा शुभ्मन गिल र शिभम डुबेलेपनि समान १०/१० रन बनाए । पाकिस्तानको लागि सिम अयुबले ४ ओभरमा ३५ रन दिएर तीन विकेट लिए । 

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो । पाकिस्तानको लागि सहिब्जादा फर्हानले ४०, शैन शाह अफ्रिदीले ३३, फखर जमानले १७, फहीम अशार्फले ११ र सफियान मुकिमले १० रन बनाए । 

पाकिस्तानलाई सामान्य योगफलमा रोक्न भारतको लागि कुलदिप यादवले तीन विकेट लिँदा जस्प्रित बुम्राह र अक्सर पटेलले दुई/दुई तथा हार्दिक पान्ड्य र वरुण चक्रवर्तीले एक/एक विकेट लिए ।

जितसँगै भारत २ खेलबाट ४ अंक जोड्दै समूह 'ए'को शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट दुई अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा रहेको छ ।

टिप्पणीहरू