प्रदर्शनकारीबाट कसरी जोगियो यो भवन ?
भदौ २३ र २४ गते भएको जेन–जी विध्वंशमा मुलुकका महत्वपूर्ण सरकारी कार्यालय ध्वस्त भएका छन् ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत,सडक विभाग,यातायात व्यवस्था विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सयौं सरकारी कार्यालय खरानीमा परिणत भएको छ । तर,उपद्रवकारीले पुरातत्व विभागलाई भने छोडेका छन् । ती विभागमा पनि तोडफोड र आगजनी गर्न पुगेकोमा त्यत्तिकै फर्किए ।
‘आफ्नो इतिहास’ भन्दै प्रदर्शनकारीहरुले विभागको संरक्षण गरेको भनिएको छ । विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार कार्यालयमा धेरै क्षति नभएतापनि केही तोडफोड भएको छ । जनआस्थासँग उनले भने,‘त्यो दिन हामी थिएनौं । प्रदर्शनकारीहरु आएछन् तर त्यस्तो क्षति गरेका छैनन् । हल्काफुल्का त हुने नै भइहाल्यो ।’
टिप्पणीहरू