क्रिकेट खेलाडीले पाए मुस्किलले भिसा, भोलि दुबई उड्ने

क्रिकेट खेलाडीले पाए मुस्किलले भिसा, भोलि दुबई उड्ने

नेपाली क्रिकेट खेलाडीलाई संयुक्त अर्ब इमिरेट्स (यूएई)ले भिसा दिएको छ । 

जेन–जी प्रदर्शनका क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीलाई भिसा नदिने निर्णय गरेको थियो । जसका कारण वेस्ट इन्डिजसँग युनिटी कप खेल्न जाने खेलाडीको भिसा पनि रोकिएको थियो । 

नियमित प्रक्रियाबाट भिसा नपाएपछि नेपाल क्रिकेट संघ (क्यान) यूएई क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई अनुरोध रहेको थियो । कूटनीतिक पहलपछि अन्तत: भिसा प्राप्त भएको क्यानले जनाएको छ । 
 
भिसा पाएसँगै नेपाली क्रिकेट टोली भोलि युएई प्रस्थान गर्ने भएको छ । क्यानले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोली मिति २०८२–०६–०६ गते युएई प्रस्थान गर्ने कार्यक्रम रहेको व्यहोरासमेत जानकारी गराइन्छ ।’

सेप्टेम्बर २७ देखि ३० सम्म सारजाह क्रिकेट स्टेडियममा नेपाल र वेस्ट इन्डिजबीच ३ खेलको टि-२० शृंखला हुँदैछ ।
 

टिप्पणीहरू