क्याविनेट बैठकलगत्तै प्रधानमन्त्रीको सम्बोधन
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अहिले बैठक जारी छ ।
प्रधानमन्त्री सुशीला कार्कीकाे अध्यक्षतामा बसिरहेको क्याविनेट बैठकमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उर्जा जलस्रोत तथा सिंचाइ ,भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला, भूमि व्यवस्थामन्त्री अनिल कुमार सिन्हा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुन, कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र मुख्य सचिव एकनारायण अर्याल उपस्थित छन् l
आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ । बैठकलगत्तै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् ।
टिप्पणीहरू