कर्णालीबाट जनार्दनको पक्षमा तीन जना

कर्णालीबाट जनार्दनको पक्षमा तीन जना

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम जारी रहेको छ । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले हिजो पेश गरेको प्रतिवेदनउपर छलफलपछि टोली नेताले बैठकमा निष्कर्ष सुनाइरहेका छन् । प्राय: सबै समूहबाट प्रचण्डको प्रस्तावको समर्थनमा धारणा आएको छ । 

नेतृत्व परिवर्तनको माग अघि सारेका उपमहासचिव शर्मा आफ्नै प्रदेश कर्णालीमा कमजोर देखिएका छन् । यस प्रदेशका ६३ जना केन्द्रीय सदस्यमध्ये ३ जना मात्र उनको प्रस्तावको पक्षमा खुलेका छन् । 

कर्णालीको समूह नेता केन्द्रीय सदस्य तथा पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही छन् । समूहगत छलफलको निष्कर्ष सुनाउनुअघि उनले प्रदेशका ६३ मध्ये ६० जना केन्द्रीय सदस्यले धारणा राखेको जानकारी दिए । त्यसमध्ये ५३ जनाले प्रचण्डको समर्थन गरेको बताइएको छ ।

जनार्दनको पक्षमा भाइ राजकुमार शर्मा र अर्का दुई गरी ३ जना रहेको बुझिएको छ ।

टिप्पणीहरू