नेवानीमा पनि जेनजी समूह गठन
भदौ २३ र २४ को जेन-जी प्रदर्शनपछि विभिन्न क्षेत्रका युवाहरू संगठित भइरहेका बेला नेपाल वायु सेवा निगममा पनि 'जेन-जी समूह' गठन भएको छ ।
दिपकजंग ठाकुरको संयोजकत्वमा १९ सदस्यीय 'नेवानी जेनजी समूह' गठन गरिएको हो । अरविन्द यादवलाई सहसंयोजक तोकिएको छ ।
निगमको आन्तरिक तथा बाह्य क्षेत्रका उडानहरु नियमित गरी संस्थाको ख्याती अभिवृद्धि गर्ने, निगमका अन्तराष्ट्रिय गन्तव्यहरु थप्दै जाने र निगमलाई प्रतिष्ठित उड्डयन संस्थाको रुपमा स्थापित गर्न भूमिका खेल्ने जेनजी समूहको प्रतिवद्धता छ । निगमको ग्राउण्ड ह्याण्डिलिङ खोस्न प्रयत्न गर्ने हवाई माफियाका चलेखेल रोख्नुलाई उक्त समूहले पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।
जेनजी समूहको कदमलाई प्रभावकारी र निर्देशित गर्न ३१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको पनि जानकारी दिइएको छ ।
टिप्पणीहरू