रात परेपछि सुदन गुरुङ गृह मन्त्रालयमा

रात परेपछि सुदन गुरुङ गृह मन्त्रालयमा

जेन जीका संयोजक भनिएका सुदन गुरुङले गृहमन्त्री ओम प्रकाश अर्यालसँग भेट गरेका छन् । मन्त्री अर्यालसँग भेट गर्न गुरुङ साँझ ६ बजे सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका थिए । 

झण्डै डेढ घण्टा मन्त्रालयमा भएको गोप्य कुराकानीमा गुरुङसँग अर्को एक जना रहेको उच्च स्रोतले बताएको छ । अर्का व्यक्ति को थिए भन्नेबारे केही जानकारी दिइएको छैन ।

टिप्पणीहरू