तुइनखोलामा फेरि पहिरो, नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध

तुइनखोलामा फेरि पहिरो, नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध

आज बिहान नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा पहिरो झरेपछि पुन: यातायात  ठप्प भएको छ। 

गत बिहीबारदेखि सञ्चालनमा आएको उक्त सडक खण्ड अहिले अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयका अनुसार, पहिरो निरन्तर झरिरहेको हुँदा उपकरण परिचालन गरेर तत्काल हटाउन सकिएको छैन ।

सवारीसाधनलाई लेन अनुशासन पालना गर्दै धैर्यपूर्वक यात्रा गर्न अनुरोधसमेत गरिएको छ।

टिप्पणीहरू