दशैंपछि शोभाको उजुरीउपर अनुसन्धान  शुरु

दशैंपछि शोभाको उजुरीउपर अनुसन्धान  शुरु

शोभा पाठकलाई सामाजिक सञ्जालमार्फत बेइज्जत गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोलाई पूर्वमन्त्री महेश बस्नेतमाथि थप अनुसन्धान अघि बढाउन निर्देशन दिइएको छ ।

धादिङ्गकी जानुका (शोभा) पाठकले दिएको जाहेरीका आधारमा बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको र उनले आफ्नो फेसबुक वालमा ‘नेपालको राजनीतिमा एउटा भालु पछिल्लो समय जहाँ पनि छरपष्ट बौलाउँदै हिँडिरहेको छ’ भन्दै अमूर्त अभिव्यक्ति प्रयोग गरेको सन्दर्भमा अनुसन्धान थाल्न लागिएको बताइन्छ ।

जिल्ला सरकारी वकिल कार्यालयले ब्युरोलाई असोज ५ गते लेखेको पत्रमा सो अभिव्यक्ति कसलाई लक्षित गरिएको हो ? त्यसबारे बस्नेतलाई स्पष्टीकरणसहित कागज गराउन निर्देशन दिइएको छ । साथै, महेश बस्नेत फ्यान क्लब फेसबुक पेज कसको नाममा खोलिएको हो भन्नेबारे पनि अनुसन्धान गरिँदै छ । 

जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारीले लेखेको पत्रमा त्यसबारे थप अनुसन्धान गरी सोको आधारमा राय पेश गर्न सक्कल मिसिल ब्युरोमा पठाइएको उल्लेख छ ।

टिप्पणीहरू