भाजपा दिल्लीका प्रथम अध्यक्षको निधन

भाजपा दिल्लीका प्रथम अध्यक्षको निधन

भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता विजयकुमार मल्होत्राको निधन भएको छ । ९४ वर्षीय उनको आज बिहान नयाँ दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ ।

भाजपा दिल्लीको प्रथम अध्यक्ष समेत रहेका मल्होत्रा दुई पटक विधायक, पाँच पटक सांसद र एक पटक मन्त्री बनेका थिए । सन् २०१४ को लोकसभा चुनावमा दिल्लीका सात वटै सिट भाजपाले जित्नुको मुख्य श्रेय उनैलाई दिने गरिन्छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासिला पात्र मानिने उनलाई मन्त्री सरहकै दर्जा दिएर अखिल भारतीय खेल परिषद्को अध्यक्ष नियुक्त गरिएको थियो । निधनपछि प्रधानमन्त्री मोदी र भाजपाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर समवेदना व्यक्त गरेका छन् ।

टिप्पणीहरू