जेनजीको बैठकमा दिशाभ्रम

जेनजीको बैठकमा दिशाभ्रम

असोज १५ गते आयोजित जेन जी समूहको अनलाइन बैठक उध्देश्यमा इमान्दारिता हुँदाहुँदै पनि आगामी मार्गचित्रवारे कुहिराको काग बनेको पाइएको छ । करिब १५ सय सहभागीमध्ये ९० प्रतिशत विदेशबाटै जोडिएका थिए भने चिनिएका नेता कोही देखिएनन् । नेता विनाको आन्दोलन,बाटो विनाको यात्रा भनेझैँ अवस्था उक्त बैठकमा पनि देखिएको  सहभागी कतिपयको गुनासो रह्यो  ।

उनीहरु भन्छन्, ‘छलफलमा विचारको एकरूपता थिएन,बरु आन्तरिक वादविवाद देखियो । ‘साइलेन्स’ जस्तो अप्रत्यासित अनुहार आन्दोलनमा सहभागी भएकोवारे थप प्रश्न उठ्यो ।’ जेनजीले आफूलाई कसरी परिभाषित गर्ने ? उनीहरूमा देशभक्ति भावनाको कमी थिएन,पीडाको अभाव थिएन, तर दिशा देखाउने एउटा पात्र पनि भैदिएन ।

"भावनाले बाटो देखाउँदैन,प्रश्न मात्रै थप्छ ।"

यसबीच उठेको मूलभूत प्रश्न ‘रोडम्याप विना देशभर आगो सल्काउन सकिन्छ ?’ भन्ने नै हो । आन्दोलन भावनाले जन्मिन्छ, तर भविष्य निर्माण गर्न योजना चाहिन्छ । भावनाले बाटो देखाउँदैन,प्रश्न मात्रै थप्छ । ‘किन?’ र ‘कसरी?’ भन्ने प्रश्नको उत्तर जेन जी आफैंसँग छ । तर त्यसलाई अघि बढाउन आवश्यक नेतृत्व हालसम्म शून्य देखिन्छ ।

यही शून्यताबीच बैठकले २३ गते आन्दोलनको घोषणा गरेको छ । अर्काथरीले असोज २३ गते सडकमा आन्दोलन नहुने दावी गरेको छ । सोधिएको छ, ‘जेन जीको उपस्थिति पुनः सडकमा हुन्छ कि अनलाइनमै सीमित रहन्छ ?’

टिप्पणीहरू