पूर्व राष्ट्रपति छोरीको घर फिर्ता
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । निमोनियाको उपचारका लागि उहाँ बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा भर्ना हुनुभएको थियो । उपचार गराएर हिजो दिउँसो जेठी छोरी उषाकिरणको घर बालुवाटार फर्कनुभएको छ ।
मंगलबार मध्यान्ह स्वास्थ्य जाँचको लागि अस्पताल पुग्दा चिकित्सकले भर्ना क्याबिन नम्बर ६०३ मा भर्ना गरिदिएका थिए ।
भदौ २४ गते जेन जि विध्वंशमा भंगालस्थित उहाँको घरलाई आगो लगाएर ध्वस्त बनाइएको थियो त्यसदेखि यता बालुवाटारस्थित जेठी छोरीको घरमा बस्दै आउनुभएको छ ।
टिप्पणीहरू