चिनियाँ कम्युनिष्ट पार्टीमा नयाँ बिदेश  विभाग प्रमुख

चिनियाँ कम्युनिष्ट पार्टीमा नयाँ बिदेश  विभाग प्रमुख

चिनियाँ कम्युनिष्ट पार्टी,केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुखमा लिउ हाइसिङको नियुक्ति भएको छ । उनलाई मन्त्री सरहको जिम्मेवारी दिइएको छ । 

सन् १९६३ अप्रिलमा जन्मिएका लिउ, २०औं केन्द्रीय समितिका सदस्य हुन् । सन् १९८५ देखि परराष्ट्र सेवामा प्रवेश गरेका उनले आफ्नो कूटनीतिक जीवनमा सहायक बिदेशमन्त्री तथा युरोप विभागमा महानिर्देशकको भूमिकासमेत सम्हालिसकेको बुझिएको छ ।

नयाँ जिम्मेवारी पाउनुअघि लियु,केन्द्रीय समितिअन्तर्गत राष्ट्रिय सुरक्षा आयोगको कार्यालयमा कार्यकारी उपनिर्देशक थिए ।

अघिल्लो महिना बिदेश बिभाग प्रमुख ल्यु च्यान्छाओ र उपप्रमुख सुन हाइयानलाई अनुशासन उल्लंघनको आरोपमा गिरफ्तार गरिएपछि नेतृत्व रिक्त थियो ।

टिप्पणीहरू