अन्यत्र लगातार, कैलालीमा घनघोर वर्षा
पश्चिम नेपालमा हिजोदेखि शुरु भएको वर्षा आज मुलुकभर अविरल रुपमा भइरहेको छ । राजधानी काठमाडौंलगायत पूर्वी नेपाल र पश्चिम नेपालका अधिकांश भूभागमा ठूलो वर्षा भएको छ ।
हिजो रातिसम्म कैलालीको गर्भा दरबार मौसम केन्द्रमा केही घण्टाभित्रै ८०.४ मिलिमिटर वर्षा मापन गरिएको छ । आज बिहानसम्म अधिकांश नदीको जल सतह सतर्कता तहभन्दा तल मापन गरिएको छ ।
तर आज दिउँसोदेखि बागमती, गण्डकी र लुम्बिनीका अधिकांश जिल्लाका साना नदी तथा खोलामा बाढी आउने अनुमान गरिएको छ । भोलि बिहानदेखि ठूला नदीको जल सतहले सतर्कता तह पार गर्नसक्ने चेतावनी दिइएको छ ।
टिप्पणीहरू