बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक

बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक

गएराति देखिको लगातारको वर्षापछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट सिन्धुलीतर्फ जान लागेका सवारी साधनलाई काभ्रेभञ्ज्याङमा रोकिएको छ । उताबाट बिपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेका सवारी साधनलाई मंगलटारमा रोकिएको छ । 

काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, धुलिखेल र बनेपा क्षेत्रमा अन्यत्रको तुलनामा ठूलो वर्षा भइरहेको बताइन्छ ।

टिप्पणीहरू