माओवादीले पार्टी कार्यालयमा हेल्प डेस्क राख्ने

माओवादीले पार्टी कार्यालयमा हेल्प डेस्क राख्ने

नेकपा (माओवादी केन्द्र)ले पार्टी कार्यालयहरुमा हेल्प डेस्क स्थापना गरेर विपत व्यवस्थापन गर्ने भएको छ । 

विशेष महाधिवेशन आयोजक समितका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र स्थानीय तहका नेता तथा कार्यकर्तालाई तत्काल पार्टी कार्यालयमा हेल्प डेस्क सञ्चालन गरेर उद्धार र राहतमा परिचालन हुन निर्देशन दिनुभएको हो । अझै पनि पूर्णरुपमा जोखिम हटिनसकेको बताउँदै उहाँले सबैलाई सतर्कता अपनाउन आग्रह पनि गर्नुभएको छ । 

‘अझै पनि जोखिम पूर्ण रूपमा हटेको छैन, त्यसैले सबैमा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्छु’, प्रचण्डले भन्नुभएको छ, ‘हाम्रो पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनःस्थापनाको कार्यमा तत्काल सक्रिय हुन पुनः निर्देशित गर्दछु । साथै सबैस्तरका पार्टी कार्यालयमा हेल्प डेस्क स्थापना गरी उद्दार, राहत र पुनःस्थापना कार्यमा थप सक्रिय हुन आह्वान गर्दछु ।’

प्रचण्डले बाढी र पहिरोमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पंण गर्दै दु:ख व्यक्त गर्नुभएको छ । भन्नुभएको छ, ‘इलाम, पाँचथर लगायत विभिन्न स्थानमा हालसम्म २७ जनाको ज्यान गएको र कैयौं वेपत्ता भएको अत्यन्त पीडादायी खबरले दुखित बनाएको छ ।’
 

टिप्पणीहरू