अलपत्र यात्रुहरू ओसार्दै निगमको ठूलो जहाज
सरकारले भैरहवा विमानस्थलमा अलपत्र परेका यात्रुलाई चार्टर उडानमा काठमाडौँ ल्याउने तयारी थालेको छ । दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुलाई लिन नेपाल वायु सेवा निगमको दुई वटा जहाज भाेलि दिउँसाे भैरहवा जाने योजना छ ।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ आउनैपर्ने इमर्जेन्सी भएका यात्रुहरुलाई वैकल्पिक माध्यमबाट ल्याउन मुख्यसचिव एकनारायण अर्याललाई निर्देशन दिएपछि निगमले ए १७३१ र ए १७३२ न्यारोबडी जहाज भैरहवा पठाउन लागेको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार आन्तरिक उडान अवरुद्ध हुँदा भैरहवा विमानस्थलमा चार सयभन्दा बढी यात्रु अलपत्र छन् ।
वैदेशिक रोजगारीका लागि जाने, जहाज छुट्न लागेको वा गम्भीर स्वास्थ्य उपचारका लागि आउनुपर्ने यात्रुलाई प्राथमिकतामा राखिएको बताइन्छ ।

टिप्पणीहरू