बाढीपहिरोले कोशी र बागमतीका डेढ दर्जन स्थानमा यातायात अवरूद्ध

बाढीपहिरोले कोशी र बागमतीका डेढ दर्जन स्थानमा यातायात अवरूद्ध

बाढीपहिरोका कारण बागमती र कोशी प्रदेशमा सडक यातायात व्यापक रूपमा प्रभावित भएको छ। दुई प्रदेशका १९ स्थानमा सडक पूर्णरूपमा बन्द भएका छन्।

कोशी प्रदेशमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्यपहाडी लोकमार्ग र मेची राजमार्गका विभिन्न खण्डमा गरी ८ स्थानमा आवागमन रोकिएको छ।

बागमती प्रदेशमा भने पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्गसहित ११ स्थानमा सडक अवरुद्ध भएका छन्।

यस्तै, नेपाल–चीन जोड्ने सीमा सडक तथा कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडकखण्ड पनि पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ।

टिप्पणीहरू