रात परेपछि हेटौंडा–भैंसे–काठमाडौं सडक बन्द
हेटौंडा र काठमाडौंलाई जोड्ने छोटो दूरीको हेटौंडा–भैंसे–काठमाडौं सडकखण्ड बन्द हुने भएको छ । स्थानीय प्रशासनले सडकको अवस्थालाई मध्यनजर गर्दै बन्द गर्न लागिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गर्न लागिएको जनाएको छ । जारी सूचनामा भनिएको छ, ‘मिति २०८२–०६–२० गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सबै किसिमका सवारी साधनको आवतजावतमा रोक लगाइएको जानकारी गराइन्छ ।’
आवतजावतमा रोक लगाइएको समयबाहेक अन्य समयमा यात्रा गर्दा उच्च सतर्कता एवं सावधानी अपनाउन आग्रह गरिएको छ ।
टिप्पणीहरू