दमकलको नयाँ नयाँ शाखा, सिंहदरबार जल्दा पुगेन आँखा

दमकलको नयाँ नयाँ शाखा, सिंहदरबार जल्दा पुगेन आँखा

गत भदौ २३ र २४ गतेको जेनजी विध्वंशमा भौतिक संरचनातर्फ खर्बौंको क्षति पुग्यो । ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत,काठमाडौं जिल्ला अदालतसहित सयौं संरचना खरानीमा परिणत भए ।

भदौ २४ गते सिंहदरबारमा आगो लगाइएकोमा भोलिपल्टसम्म बलिरह्यो । तर,केही मीटरको दूरीमा रहेको काठमाडौं महानगरपालिका रमिता हेरेर बस्यो । आगो निभाउने आधुनिक उपकरणका बाबजुद पनि मेयर बालेन्द्र (बालेन) साहले आगो निभाउन चासो नदेखाएपछि प्रश्न उठेको छ । 

बालेनले तीन वर्षअघि मात्र बालाजुमा दमकलको नयाँ शाखा खोलेको भनी व्यापक प्रचारप्रसार भएको थियो । रुटिन अफ नेपाल बन्दले अन्य दुई स्थानमा पनि शाखा थप्ने तयारी रहेको भन्दै स्ट्याटस नै लेखेको थियो । स्ट्याट्समा भनिएको छ,‘काठमाडौं महानगरपालिकाले आगलागी भएको स्थानमा पाँच मीनेटभित्रै दमकल पुग्न सक्ने सिस्टम बनाउँदै गर्दा बालाजुमा नयाँ दमकलको शाखा राखेको छ भने अरु दुई स्थानमा पनि शाखा थप्ने तयारी छ ।’

‘राष्ट्रको मुटु मस्तिष्क हातखुट्टा जलाउँदा काम नलागेका बालेनका दमकल देखाएर पपुलारिटी देखाउनुको के अर्थ छ ? मानिसलाई चिन्नै नसकिने रहेछ ।’

पाँच मीनेटमा आगलागी भएको स्थानमा पुग्न सक्ने भनिएको दमकल किन भोलिपल्टसम्म पुग्न सकेन ? गम्भीर प्रश्न उठेको छ । त्यसैगरी, नेपालीको पहिचान र इतिहास जोडिएको सिंहदरबार जलिरहँदा थन्काएर राखिने दमकल थप्नुको मात्र के औचित्य ? आवश्यक परेको बेला दमकल ननिकालिएपछि सिंहदरबार जल्नुमा बालेनकै मिलेमतो रहेको प्रष्ट भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको आरोप छ । 

एक जना लेख्छन्,‘काठमाडौं महानगरका दमकल आगलागी भएको पाँच मीनेटमा घटनास्थलमा पुग्ने भनेर सन् २०२२ मा यसरी प्रचार गरिएको थियो । २०८२ भदौ २४ र २५ गते किन निकालिएन यी दमकल ? सिंहदरबार जलाउनका लागि मिलेमतो थियो भन्नेमा कुनै शंका रह्यो र ?’

त्यसैगरी, टिकाराम रेग्मीले राष्ट्रको मुटु हल्लिदाँ काम नलाग्ने बालेनका दमकलको कुनै अर्थ नभएको बताएका छन् । उनले भनेका छन्,‘राष्ट्रको मुटु मस्तिष्क हातखुट्टा जलाउँदा काम नलागेका बालेनका दमकल देखाएर पपुलारिटी देखाउनुको के अर्थ छ ? मानिसलाई चिन्नै नसकिने रहेछ ।’

मनोज बुढाथोकीले चाहिने बेलामा काम नलाग्ने महानगरको दमकल त्रिशुलीमा लगेर बगाउन सुझाव दिएका छन् । ‘कामपाको दमकल अब त्रिशुलीमा लगेर हेल्दे हुन्छ,काम छैन । ललितपुर र भक्तपुरकोले उपत्यकालाई पुग्छ’,उनको भनाइ छ ।

टिप्पणीहरू