कपिलवस्तुमा २३ बोरा कपडा बरामद
शिवराज नगरपालिका–५, कटनीको एक घरबाट राजस्व अनुसन्धान कार्यालय बुटवलले २३ बोरा अवैध कपडा बरामद गरेको छ। विशेष सुराकीको आधारमा दिउँसो अनुसन्धान टोलीले उक्त घरमा छापा मारेको थियो।
सो क्रममा घरभित्र लुकाएर राखिएको अवस्थामा कपडा बरामद भएको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ। बरामद कपडाको बजार मूल्य र स्रोतबारे थप अनुसन्धान भइरहेको प्रमुख सुवास श्रेष्ठले बताए।
राजस्व छलीको आशंकामा कपडा बरामद गरिएको र संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही अघि बढाइने कार्यालयले जनाएको छ।
टिप्पणीहरू