बालुवाटारमा प्रधानसेनापति, सिंहदरबारमा गगन थापा
प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा १० बजेको समयमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।
उता सिंहदरबारस्थित अर्थ मन्त्रालयमा दुई फरक भेटघाट भएका छन् । बिहान सवा ११ बजेदेखि झण्डै एक घण्टा अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर प्रसाद खनाल र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच कुराकानी भएको थियो ।
सोही समयमा मन्त्रालयको अन्तर्राष्ट्रिय महाशाखाका प्रमुख सहसचिव धनीराम शर्मा र नेपालका लागि जर्मनीका राजदूत उदो युजेन भोल्जबीच भेटवार्ता भएको छ । तीन वटै भेटवार्ताबारे औपचारिक रुपमा केही बताइएको छैन ।
टिप्पणीहरू