भक्तपुरमा अघिल्लै दिन भाइटीका
भक्तपुरमा यो वर्ष कात्तिक ५ गते किजा पूजा (भाइटीका) मनाइने भएको छ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको छ ।
तलेजु मन्दिरका पुजारी तथा ज्योतिषहरु डा.वीरेन्द्रप्रसाद कायष्थ र केदारप्रसाद दैवज्ञ जोशीसहितको उपस्थितिमा बसेको बैठकले तिथिअनुसार कात्तिक २ गते काग तिहार, ३ गते बिहान कुकुर तिहार र सोही दिनको ३ बजेपछि औंशी तिथि लाग्ने भएकाले साँझ लक्ष्मी पूजा गर्ने निर्णय गरेको छ ।
कात्तिक ४ गते अपरान्ह ४ बजेर २९ मिनेटपटि कछला थ्प प्रतिपदा तिथि पर्ने भएकोले म्हा पूर्जा गर्ने र ५ गते साँझ ६ बजेर २० मिनेटपछि द्वितिया तिथि पर्ने भएकाले किजा पूजा (भाइटीका) गर्ने बैठकको निर्णय छ्
टिप्पणीहरू