बालेन र सुधनविरुद्ध धमाधम जाहेरी
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र ‘हामी नेपाल’ नामक एनजिओका संस्थापक सुधन गुरुङविरुद्ध प्रहरीमा अर्को जाहेरी परेको छ ।
सिन्धुलीका युवराज सफल पौडेलले आज काठमाडौँ प्रहरी परिसर पुगेर जाहेरी दिएका हुन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै जाहेरी बुझाएर फर्किएको बताएका छन् । जाहेरी दर्ता भयो वा भएन भन्नेबारे चाहिँ केही खुलाएका छैनन् ।
एक प्रहरी अधिकृतका अनुसार जाहेरीमा बालेन र सुधनमाथि राजद्रोहको कसुरमा अनुसन्धान गर्न माग गरिएको छ । प्रहरीले उक्त जाहेरी जेनजी प्रदर्शनको घटनामाथि छानविन गर्न गठित जाँचबुझ आयोगलाई पठाउने र आयोगकै निर्णयअनुसार थप कारवाही अघि बढाउने तयारी गरेको बताएको छ ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले हिजो यी दुई जनाविरुद्ध काठमाडौँ प्रहरी परिसरमै जाहेरी दिएको थियो । आज पनि अनेरास्ववियुको कैलाली जिल्ला कमिटीका नेताहरूले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
बालेन्द्र र सुधनमाथि भदौ २३ को जेन–जी प्रदर्शन र भोलिपल्टको विध्वंसत्मक घटना घटाउन मतियारको भूमिका खेलेको आरोप छ ।
टिप्पणीहरू