बालेनको सचिवालयबाट स्वाट्टै गृह मन्त्रालयतिर
काठमाडौं महानगरपालिकाका एक जना सहायक विज्ञलाई गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयमा सरुवा गरी लगिएको पाइएको छ । महानगरको शहरी योजना आयोगका सहायक विज्ञ धिरज जोशी त्यसरी गृहमन्त्रीको सचिवालयमा सारिएका हुन् ।
मेयर बालेन्द्र (बालेन) साहले आयोगको सहायक विज्ञमा नियुक्त गरेका उनी गृहमन्त्रीको सचिवालयमा कुन बिज्ञताले लगिए बुझिनसक्नु छ ।
त्यसो त वर्तमान गृहमन्त्री अर्याल बालेनका कानुनी सल्लाहकार पनि हुन् । त्यताबाट उनले राजीनामा दिइहालेको कसैलाई थाहा पत्तो छैन । बालेनकै जोडबलमा गृहमन्त्री बनेका अर्यालको सचिवालयमा पनि बालेनकै सचिवालयको कर्मचारी भेटिनु सामान्य संयोग मात्रै त नहुनुपर्ने । मन्त्रालय स्रोत भन्छ, ‘धिरज बालेनको सचिवालयमा थिए । अहिले गृहमन्त्रीको सचिवालयमा ल्याइएका छन् । के होला साइनो ?’
लबमा काम गर्दै आएका जोशीसँग एक–डेढ महिनादेखि कुराकानी नभएको काफ्लेले बताए । जनआस्थासँग उनले भने,‘एक–डेढ महिनै भइसक्यो,उहाँसँग कुराकानी नभएको ।’
आयोगका विज्ञ सदस्य डा.सुरजराज काफ्लेका अनुसार जोशी सोसल सेक्टर हेर्थे । तलबमा काम गर्दै आएका जोशीसँग एक–डेढ महिनादेखि कुराकानी नभएको काफ्लेले बताए । जनआस्थासँग उनले भने,‘एक–डेढ महिनै भइसक्यो,उहाँसँग कुराकानी नभएको ।’
महानगरका सहायक प्रवक्ता ध्रुवराज काफ्लेले भने उनी महानगरअन्तर्गतको आयोगमै कार्यरत भएको जानकारी दिए । जोशीलाई मेयरले ‘शहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५’ बमोजिम नियुक्त गरेको उनको भनाइ छ । ‘उहाँ शहरी योजना आयोगमा हो । त्यहाँ १५ जना सहायक विज्ञ हुनुहुन्छ । सबैलाई मेयरले नै नियुक्त गर्नुभएको हो’,उनले भने ।
बर्खास्तको निर्णय अदालतद्वारा उल्टी
बालेनले गत साउनमा आयोग उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीलाई बर्खास्त गरेका थिए । आफैंले नियुक्त गरेका उनलाई बालेनले महानगर प्रहरी खटाएर कार्यकक्षमा छिर्न रोक लगाएको खबर बाहिरिएको थियो । आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध राजभण्डारी उच्च अदालत,पाटन गए । उच्चले उनलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न महानगरको नाममा अन्तरिम आदेश जारी गरिसकेको छ । अदालतको आदेशपछि राजभण्डारीले कार्यालयमा आएर काम गरिरहेको सहायक प्रवक्ता काफ्लेले बताए । ‘अदालतको अन्तरिम आदेशपछि उहाँ आएर काम गरिरहनुभएको छ’,उनले भने ।
टिप्पणीहरू