साढे दुई दर्जन कर्मचारीको रोजीरोटी खोसिँदै

साढे दुई दर्जन कर्मचारीको रोजीरोटी खोसिँदै

खाँदबारी नगरपालिकाले साढे दुई दर्जन करार तथा ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेको छ । संघीय अर्थ मन्त्रालयको निर्देशन अनुसार स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाइने भएकाले नगरपालिकाले २९ जनाको सेवा रद्द गर्ने तयारी गरेको जनाइएको छ ।

नगरपालिकाका अनुसार दैनिक ज्यालादारीमा नियुक्त १३ जना कर्मचारी र झोलुङ्गे पुल हेरालु १६ जनासँगको सम्झौता आगामी कात्तिक १ गतेदेखि रद्द हुने अवस्था उत्पन्न भएको छ ।

नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ, ‘प्राप्त निर्देशनबमोजिम यस कार्यालयको मिति २०८२–०६–२२ को निर्णयअनुसार स्वीकृत दरबन्दीबाहेकका दैनिक ज्यालादारी नियुक्ति र करार सेवामा कामकाज गर्ने १३ जना र झोलुङ्गे पुल हेरालु १६ जना कर्मचारीको मिति २०८२ कात्तिक १ गतेबाट लागू हुनेगरी सम्झौता रद्द गरिएको जानकारी गराइन्छ।’

टिप्पणीहरू