ढकमक्क मखमलीले रंगियो गुण्डु (फोटो फिचर)

ढकमक्क मखमलीले रंगियो गुण्डु (फोटो फिचर)

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुका किसानहरू मखमली फूल टिप्न व्यस्त छन् ।

वैशाख–जेठ महिनामा रोपिएका मखमलीका बोट अहिले रंगीन फूलले भरिएका छन् । स्थानीय किसान लक्ष्मी नगरकोटीका अनुसार साउन–भदौ महिनामा टिपिएका फूल विदेश निर्यात गरिन्छ भने दशैंपछि तिहारका लागि फूल टिप्नेक्रम शुरु हुन्छ ।

नगरकोटीले भनिन्, “तिहारमा मखमलीको माग धेरै हुने भएकाले बिहान फूल टिप्ने र दिउँसो माला उन्ने गर्छौं ।”

उनका अनुसार अहिले गुण्डु क्षेत्रमा प्रतिगोटा माला २२ देखि २३ रुपैयाँमा बिक्री हुने गरेको छ । यहाँका अधिकांश किसान यतिबेला खेतमै व्यस्त छन्— कोही फूल टिप्दै त कोही माला उन्दै । 

खेतभर फुलेका राता–पहेंला मखमलीका बोटले गाउँ नै रंगिएको देखिन्छ ।

तस्बिरहरु 

टिप्पणीहरू