गृहमन्त्रीसँग ५ देशका राजदूतको भेट

गृहमन्त्रीसँग ५ देशका राजदूतको भेट

गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरूले संयुक्त भेटवार्ता गरेका छन् ।

आज मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदूले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ । 

नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको भनिएको छ ।

टिप्पणीहरू