चुनावअघि काँग्रेसको महाधिवेशन

चुनावअघि काँग्रेसको महाधिवेशन

नेपाली कांग्रेसले आगामी मंसिर २४ गतेदेखि पर्साको वीरगञ्जमा १५ औं महाधिवेशन गर्ने भएको छ । सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले महाधिवशेन निर्णय गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई महाधिवेशनमा लैजान तयारी थाल्ने निर्णय गरेको छ ।

आजको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित थिए । उनी भदौ २४ गतेको विध्वंशमा बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमण, आगजनी र लुटपाटमा घाइते भएका थिए । श्रीमती तथा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजू राणा र देउवामाथि अराजक समूहले आक्रमण गरेपछि घरमा आगो लगाएको थियो । त्यसपछि उनीहरुको उपचार लामो समयसम्म अस्पतालमा गरिएपछि अहिले आफन्तको निवासमा आराम गरिरहेको बताइन्छ ।

टिप्पणीहरू