सिंहदरबार फेरि डढ्यो भने नि !
भदौ २३ गतेको प्रदर्शन र २४ गतेको विध्वंशको आज ठ्याक्कै एक महिना पुगेको छ । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेकै एक महिना हुन लागिसक्यो । तर,यसवीच शान्ति बहाल हुनुको सट्टा समाजमा असुरक्षा,भय र त्रास झन् बढ्दो छ ।
प्रहरी,न्यायालय,प्रशासन जलाएर खरानी बनाइएको छ । सुरक्षाकर्मीको कार्यालय,हतियार र पोशाकमात्रै होइन मनोबललाई समेत गिराएर खरानी बनाउने प्रयास विभिन्न क्षेत्रबाट अझै जारी छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध दायर जाहेरीलाई गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले पुनः प्रहरीमा फर्काइदिएको छ । काठमाडौं प्रहरी परिसरले पठाएको जाहेरी आयोगले हिजो फिर्ता पठाइदिएपछि घटनाक्रमले नयाँ मोड लिने अवस्था उत्पन्न भएको छ ।
हिजो प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ्ग यसरी कड्किँदा सेनापतिपछिको वरियताका तीन तारे जर्नेल प्रदिपजङ्ग केसीले समेत उनको तर्कलाई समर्थन जनाएका थिए ।
अन्तरिम सरकारका मन्त्रीहरुले ओली र लेखकविरुद्धको जाहेरी कानुनअनुसार अघि बढ्छ भन्न थालेसङ्गै राजनीतिक संकट थप गहिरो बन्ने आशंका मजबुत बन्दैछ । हिजो मध्यान्ह गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत त्यसको समग्र पक्षबारे चर्चा भएको बुझिएको छ । प्रहरीले २३ गतेसम्म सरकारमा रहेका ओली र लेखकलाई पक्रेर भोलिपल्टको ध्वँशमा सँलग्नलाई उन्मुक्ति दिने अवस्था सिर्जना गरिए दलहरूसङ्ग नयाँ द्वन्द्व शुरु हुने सुरक्षा प्रमुखहरुकै ठहर छ ।
‘उनीहरुलाई समात्दा अरुलाई चाहिँ छाड्ने कुरै आउँदैन,’ गृह मन्त्रालय स्रोत भन्छ, ‘२३ गतेको घटनामा उनीहरुलाई समात्ने हो भने २४ गतेको विध्वंश गराउन लिखित रुपमै उक्साउने बालेन, सुधनलगायतलाई पनि पक्रनुपर्ने हुन्छ । लहरो तान्दै जाँदा १० वर्षे जनयुद्धसम्मको घटनामा पुग्नुपर्ने होला ।’ हिजोको सुरक्षा समिति बैठकमा ‘त्यसबेला फेरि अर्को समूह सिंहदरबार जलाउन आए के हुन्छ ?’ भन्ने प्रश्न उठ्दा गृहमन्त्री ओमप्रकाश अर्यालले कुनै प्रतिक्रिया नजनाएको बुझिएको छ । हिजो प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ्ग यसरी कड्किँदा सेनापतिपछिको वरियताका तीन तारे जर्नेल प्रदिपजङ्ग केसीले समेत उनको तर्कलाई समर्थन जनाएका थिए ।
टिप्पणीहरू