एमालेको तयारीमा सरकारी ‘रोक’
नेकपा एमालेको भ्रातृ संगठनले भोलि काठमाडौंको तीनकुनेबाट गर्न लागेको मोटरसाइकल र्यालीमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले गतिविधि गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगरिएको जनाउँदै रोक लगाएको बताएका छन् । भदौ २३ र २४ गतेको जेन जी प्रदर्शन र विध्वंशपछि अवस्था सामान्य भइरहेको स्थितिमा र्याली, प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चूनौती बढाउनसक्ने प्रशासनको ठहर छ ।
राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका निम्ति भोलि राष्ट्रिय युवा संघले कोटेश्वर क्षेत्रमा मोटरसाइकल र्याली निकाल्ने तयारी गरेको थियो ।

टिप्पणीहरू